Mohan Gole Tamang

Mohan Gole Tamang this is only for fresh news update

23/01/2023

सोनाम ल्होछार महोत्सव
टुँडिखेल काठमाडौ

17/08/2022
आज सतीप्रथा अन्त्य भएको १०२ वर्ष पूरा भएको छ। वि स १९७७ असार २५ गते चन्द्र शमशेरले जोखिम मोलेर ५ हजार वर्षदेखि चलिआएको प...
09/07/2022

आज सतीप्रथा अन्त्य भएको १०२ वर्ष पूरा भएको छ। वि स १९७७ असार २५ गते चन्द्र शमशेरले जोखिम मोलेर ५ हजार वर्षदेखि चलिआएको परम्परा तोड्ने सहास नगरेको भए आज पनि हामी बाबुको लास सगैं जिउँदै आमालाई पोल्दै हुने थियौं सायद! जसरी अहिले जातको आधारमा छुवाछुतको व्यवहार गर्छौं। सन् १८२९ मा अङ्ग्रेजले भारतमा हुने सतीप्रथा माथि प्रतिबन्ध लगायो। भारतमा आमाहरूले पूरा आयु बाँच्न थालेको ९० वर्ष सम्म पनि हामीले आमालाई जिउँदै आगोमा हालेर घोची घोची जलाई रहयौ। त्यस समयमा पुरुषले बुढेसकालमा कलिला केटी खोजेर विवाह गर्नु पुरुषार्थ हुन्थ्यो। बहुविवाह आम थियो। वृद्धासँग कलिला केटीहरुको विवाह गरिदिने अनि श्रीमान मर्दा सगै जिउँदै चितामा जल्नु पर्ने कस्तो कहाली लाग्दो समय थियो मात्र १०२ वर्ष अगाडि। आजको दिनलाई आमा मुक्ति दिवस भन्न उपयुक्त हुन्छ।

"बाईकले गर्यो आत्महत्या "काठमाडौ , एक घनाहा जंगल भित्र रुखमा झुन्डिएको अवस्थामा एक बाईक फेला परेको छ । आयल निगम अनुसन्धा...
22/06/2022

"बाईकले गर्यो आत्महत्या "
काठमाडौ , एक घनाहा जंगल भित्र रुखमा झुन्डिएको अवस्थामा एक बाईक फेला परेको छ । आयल निगम अनुसन्धान व्युरोले आत्महत्याको छानबिन गर्दा पेट्रोलको भाउ पटक पटक गरि बढि रहे पछि खरिदको लागि पैसाको अभाव भएर बाइकले गरियो आत्महत्या भने जानकारी अहिले सम्म प्राप्त भएको छ अरु भने अझै अनुसन्धानको क्रममा जारी रहेको आयल निगम महानिर्देशकले बताएको छ ।

न संस्कार छ,न धर्यता छ एक विदेशी पाउना  आउँछ देश को मठ मन्दिरहरु दर्शन गर्छ अनि हाम्रो देश को प्रधानमत्री रे  यो मान्छे ...
16/05/2022

न संस्कार छ,न धर्यता छ एक विदेशी पाउना आउँछ देश को मठ मन्दिरहरु दर्शन गर्छ अनि हाम्रो देश को प्रधानमत्री रे यो मान्छे मा न संस्कार छ न ध्यान तपस न धार्यता छ ।😏 सँगै एक विदेशी दुई हात जोडेर ध्यान गर्दै छन् छेउ मा बसेर उ हात बाँधेर यता उता हेरेको छ नाक कोट्याउने टाउको कन्याउने। २ मिनेट ध्यान सँग बस्न कति सरो परेको हो ।
केही नभए पनि यतिको मान्छे संग संस्कार त हुनु पर्ने हो अरु ले के सिक्लान ।😏

28/04/2022
हिटलरले एकदिन संसदमा एउटा जिउदाे भाले लिएर अाएछन् र एकएक गर्दै भालेकाे प्वाँख उखेल्दै गए । भाले दुखाइले चिच्याउदै रह्याे...
24/04/2022

हिटलरले एकदिन संसदमा एउटा जिउदाे भाले लिएर अाएछन् र एकएक गर्दै भालेकाे प्वाँख उखेल्दै गए ।
भाले दुखाइले चिच्याउदै रह्याे तर सबै प्वाँख नसकिए सम्म छाडेनन् पुरै खालि भयाे तर पनि भाले जिउँदै थियो ।
त्यस पछि भालेलाई छाडि दिएर एक दुइ दाना मकै चाराे भालेकाे सामुन्ने फाले, भाले दाना खान थाल्याे अरु एकदुइ दाना झार्दै हिडे, भाले दानाकाे अाशामा हिटलरकाे पछिपछि हिड्न थाल्याे जता हिटलर उतै भाले हिडन लाग्याे भालेले बिर्सियाे कि मेराे चिरहरण रुपि प्वाख मुण्डन कर्ता हिटलरले मेराे कल्याण गर्दैनन् ।

अनि सभामुखलाइ संबाेधन गर्दै हिटलरले भने सभामुख महाेदय बहुदलिय संसदिय ब्यबस्था हिटलर(नेता ) र जनता (कुखुरा) बिचमा यस्तै सम्बन्ध हुन्छ ।
जनता र देशलाइ पुरै नाङ्गाे बनाउदा पनि जनता नेताकाे पछिपछि लाग्दछन, छाड्दैनन र भलाे कुभलाे नसाेचि नेताकाे पछि लाग्ने जनताले कस्ताे नेतृत्व चयन गर्लान ?

अहिले नेपाल पनि यही राेगबाट ग्रसित छ ।
नेता गतिला नभए पनि कार्यकर्ता गुणगान गाउन छोडेका छैनन

नेपाली जनता र नेता बिच पनि हिटलर ले प्रस्तुत गरेको उदाहारण जस्तै मजबुत समबन्ध रहेको छ त्यसैले नेपालको बिकास हुन गाह्रो छ ।
नेपालमा पनि एस्ता हिट्लर हरु रहेसम्म नेपालको बिकास र सम्बृधी हुँदैन, हुँदै हुँदैन ।
त्यसैले अब नेपाली जनताले हिट्लर सैलिका नेताहरुलाई................ हुँदैन ।

कुनै पनि पाटी बिचार खराब होईन ।
नेतृत्व गर्ने पात्र हिटलर र जनता भाले जस्तै भयको हुँदा देशले बिकास नभै बिनास निम्ताइ रहेको छ,

कार्यकर्ताले त बुझ्ने अवस्था रहेन तर
जनताले यो कुरा कैले बुज्ने ?
नेपाली हिटलर हरुको अन्त्य कैले हुने ?

06/01/2022

किन काठमाडौमा चिसो बतास चल्छ भनेको त काठमाडौको मुटुमा नै बतास पसेछर पो धेरै चिसो भएको रछ। मन्त्री प्रेम आलेले नुन बेसार तातो पानी पिलाए पछि त नारायणहिटि दरबारको अवस्था सुधार हुदै आएको छ। तर पुरै ठिक हुन रिपोर्ट आउन बाँकी छ ।

15/06/2021

लकडाउनको उपलब्धि करेसाबारीको अर्गानिक तरकारी 🍅🍒🍎🍒🍐🍏🌿🌱!!!

( जिवनी )२५ वैशाख, लुम्बिनी । शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्ध वैशाख पूणिर्मामा जन्मिए । वैशाख पूणिर्मामै बुद...
26/05/2021

( जिवनी )
२५ वैशाख, लुम्बिनी । शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्ध वैशाख पूणिर्मामा जन्मिए । वैशाख पूणिर्मामै बुद्धत्व (ज्ञान) प्राप्त गरे । यतिमात्र होइन, उनले वैशाख पूणिर्मामा ज्ञान बाँडे र वैशाख पूणिर्माकै दिन मृत्युवरण गरे ।

दरबारमा जन्मिएर सुख सयलमा हुर्किएका सिद्धार्थ गौतम संसार बुझ्न र ज्ञानको खोजीमा दरबार छोडेर निस्किए । उनी परिवारको ईच्छा विपरीत दरबारबाट भागेर ज्ञानको खोजीमा निस्किएका थिए । कठोर तपस्यापछि उनमा अदभुत् ज्ञान (बुद्धत्व) प्राप्त भयो ।
१.
बुद्धले विश्वभरि शान्ति र अहिंसाको सन्देश फैलाए । बुद्धको जन्म लुम्बिनीमा भएको थियो । अहिले यो ठाउँ अर्बौं बौद्धिष्टहरुको आस्थाको केन्द्र बनेको छ । अहिले उनका अनुयायीहरु विश्वभरि छन् । उनलाई शान्तिका भगवानको रुपमा पूजा गरिन्छ ।

लुम्बिनीमा जर्मन बौद्ध बिहार छ । त्यहाँ बुद्धको जीवनकालका महत्वपूर्ण दिनहरुको झझल्को दिनेगरी मूर्तिहरु राखिएका छन् । जसले पर्यटकलाई बुद्धको विगतमा फर्काइदिन्छ । जर्मनीले बनाएको मूर्तिबाट बुद्धको जीवन यसरी बुझ्न सकिन्छ ।
२.
एक दिन सिद्धार्थ गौतमकी आमा मायादेवी सुतिरहेकी थिइन् । सुतिरहेका बेलामा उनले सपनामा सेतो हात्ती देखिन् । सेतो हात्ती देखिनुलाई निकै शुुभ मानिन्छ । उनले सपनामा सेतो हात्ती देखेको केही समयपछि उनको कोखबाट अदभुत बालकको जन्म भयो । जो अहिले विश्वभरि चर्चित छन् ।
३.
मायादेवीको कोखबाट जन्मिनेवित्तिकै गौतम बुद्ध सात पाइला हिँडेका थिए रे । सामान्यतया एउटा बच्चा हिँड्नका लागि ९/१० महिना लाग्छ । जन्मिनेवित्तिकै आफ्नो छोरो हिँडेपछि उनकी आमा मायादेवी निकै खुशी भएकी थिइन रे ।

जन्मिने वित्तिकै ७ पाइला हिँडेको थिए । उनी जन्मँदै अदभुत क्षमताका थिए ।
४.
प्रायः दरबारमा जन्मिएका छोराहरुले आत्मरक्षाका लागि लडाइर्ंजन्य सीप सिक्ने गरेको पाइन्छ । दरबारमा जन्मिएको हुनाले गौतम बुद्धलाई पनि यस्तो ज्ञान सिकाइएको थियो ।
५.
एकदिन गौतम बुद्ध एक सहयोगीका साथ घोडा चढेर संसार बुझ्नका लागि दरबारबाट बाहिर निस्किए । यो कुरा उनको परिवार कसैलाई पनि चित्त बुझेको थिएन । त्यही भएर उनी सुटुक्ट बाहिर निस्किए । बाहिर निस्किँदा बाटोमा गरिबले मागिरहेको, बुढो मान्छो लठ्ठी टेकेर हिँडिरहेको र मान्छे मरेर घाटमा लगिरहेको देखे ।

कहिल्यै दरबारबाट बाहिर ननिस्केका बुद्धलाई सहयोगीले बाटोमा देखिएका दृश्यहरुका बारेमा जानकारी गराए । त्यतिबेलामात्र बुद्धलाई थाहा भयो, मान्छे जन्मेपछि विरामी हुन्छ, बुढो हुन्छ र मर्नुपर्छ भन्ने । त्यसपछि उनलाई मान्छे किन विरामी हुन्छ, किन दुख पाउँछ, सुख पाउन के गर्नुपर्छ, किन मर्नुपर्छ ? भन्ने जान्न मन लाग्यो । त्यही ज्ञानको खोजीमा उनी तपस्यामा लीन भए ।
६.
जीवनको वास्तविकता बुझेपछि गौतम बुद्ध निकै चिन्तित भए । बुद्धले मान्छे किन बिरामी हुन्छ ? किन बुढो हुन्छ ? र किन मर्छ ? भनेर बुझ्न दरबार त्यागेर ज्ञानको खोजीमा निस्कने निर्णय गरे । उनी राजाका छोरा भएर बस्न नहुने निर्णय गरी टाउको मुण्डन गरेर सन्यासी भिक्षु भए । उनले दरबारिया लुगा खोलेर भिक्षुका पहेंला लुगा लगाए ।
७.
ज्ञानको खोजीमा उनी भारतीय भूमितिर पुगे । ६ वर्षसम्म कठोर तपस्या गर्दा उनको शरीर दुब्लो भएर बुढोजस्तो भयो, तर उनमा ज्ञान प्राप्त भएन । परिवारले भेटाएर उनलाई दरबारमा ल्याए ।
८.
दरबारमा फर्किएर पुनः मीठो खान पाएपछि गौतम बुद्ध मोटाए । उनको परिवारले मीठो खिर खुवाएपछि शरीर पहिलाकै जस्तो देखियो । त्यसपछि उनी फेरि ज्ञानको खोजीमा दरबार छाडेर तपस्यामा बसे । उनको परिवारलाई यो कुरा पटक्कै मन परेको थिएन । उनको ध्यान भंग गर्नका लागि दरबारले सुन्दरी युवतीलाई बाजागाजा सहित उनको अगाडि नाचगान गर्न लगाए । तर पनि उनको ध्यान भंग भएन ।
९.
अन्ततः गौतम बुद्धले ज्ञान प्राप्त गरे । सिद्धार्थ गौतम तपस्यापछि ज्ञान प्राप्त गरेर गौतम बुद्ध भएका हुन् । भारतको बोधगयामा उनले बुद्धत्व प्राप्त गरेको बताइन्छ ।
१०.
बुद्धले अदभुत ज्ञान प्राप्त गरेपछि भारतको सारनाथमा वैशाख पूणिर्मामा ५ जना चेलाहरु अगाडि राखेर आफ्नो ज्ञान बाँडेका थिए रे ।
११.
शिष्यहरुलाई ज्ञान बाँडेर बुद्ध अन्तरध्यान भएका थिए रे । उनी अन्तरध्यान भएपछि बाँदर हात्तीलाई खोज्न जंगलमा पठाइयो । बाँदर र हात्तीले बुद्धलाई तपस्या गरिरहेका बेलामा भेटाए । बाँदरले फल दियो, बुद्धले त्यो फल खाएको बताइन्छ । बुद्धले फल खाएपछि बाँदरले आफुजस्तो तुच्छ जनावरले दिएको फल गौतम बुद्धले खाएको भन्दै अत्यधिक रमाउँदा त्यहीँ मरेको थियो रे भनिन्छ ।
१२.
भगवान बुद्धको महापरिनिर्माण (मृत्यु) भारतको कुशी नगरमा भएको थियो । उनको सुतिरहेकै बेलामा मृत्यु भएको बताइन्छ । उनका अगाडि शिष्यहरु रहेका थिए ।
13.
गौतम बुद्धका बाबुआमाको सानोमै निधन भएको थियो । उनले तपस्या गरे, बुद्धत्व प्राप्त गरे, उनको विश्वभर चर्चा भयो । तर, उनले यो आफ्ना बुबाआमालाई देखाउन पाएनन् । कल्पना गरिएअनुसार यो कुराले उनलाई स्वर्गमा पनि पिरोलिरहृयो । त्यसपछि उनी स्वर्गबाट पृथ्वीमा झरेर आफ्ना स्वर्गीय बाबुआमाको मन शान्त बनाउने काम गरेका थिए रे ।

20/05/2021

जनचेतनामा जारी!
पांडेको विधि प्रयोग गरौं कोरोना भगाउ!!

16/05/2021

सपथ ग्रहण गर्दै ।

पुलिस : तोरीको तेल छ ?पसले : छ। कति को दिनि हो ?पुलिस : दिनि हैन लगाएर बाहिरा आईज 😂😂
12/05/2021

पुलिस : तोरीको तेल छ ?
पसले : छ। कति को दिनि हो ?
पुलिस : दिनि हैन लगाएर बाहिरा आईज 😂😂

स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण प्रिय  इष्ट मित्र , बन्धु बान्धव , साथी संगी , आफन्तजन , परिवारजन, मान्यजन र शुभचिन...
13/04/2021

स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण प्रिय इष्ट मित्र , बन्धु बान्धव , साथी संगी , आफन्तजन , परिवारजन, मान्यजन र शुभचिन्तक मित्रहरुको बिगतका पिडा र असफलताहरु पन्छाएर सफलता र लक्ष्य प्राप्तीको, उल्लासित बर्ष बनोस् नयाँ बर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!

07/03/2021
06/03/2021

सोनाम ल्होछार कार्यक्रम

06/03/2021

म्हेन्दो माया
सोनाम ल्होछार

10/02/2021

Rectifier

25/01/2021

ईन्टरनेटको मुहान (ODF) बाट विभिन्न स्थानमा NT Fiber नेटवर्किङ पुराउन तयारी गरिदै

Address

Kathmandu

Telephone

+9779812266050

Website

Alerts

Be the first to know and let us send you an email when Mohan Gole Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mohan Gole Tamang:

Videos

Share

Category